भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष १७, आईतवार २०:१५ बजे

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ ।

आइतबार भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढाएर पठाए पनि निगमले तत्काललाई मूल्यसूचि यथावत् राख्ने भएको हो ।

निगमले विज्ञप्ति नै जारी गरेर निगमले भनेको छ, ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’

आइतबार आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि भएर आएको छ । हाल निगमलाई पाक्षिक ९९ करोड नाफा भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार