आजको मौसम : देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने

२०७९ माघ २०, शुक्रबार ०८:३९ बजे

काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राती प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार