लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

२०७९ माघ २०, शुक्रबार ०९:०५ बजे

दाङ : लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।

यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार