
काठमाडौँ : नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।
उच्च अदालतको आदेश पछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालत पाटनले उल्ट्याइदिए सँगै सन्दीप रिहा भएका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।