
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले भेटवार्ता गरेका छन् ।
तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको हित संरक्षणलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि मलेसियाका गृहमन्त्रीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गरेका थिए। भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो ।
नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि गृहमन्त्रीसँग छलफल गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।