
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले मन्छियाम हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले बिहीबार कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि १६ करोड २७ लाख बराबरको १६ लाख २७ हजार कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।