बारा- २ मा उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

२०७९ फाल्गुन १९, शुक्रबार १२:४४ बजे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन्। गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारीमा यादव छन्।

गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो। पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार