जुम्लामा माओवादीको पार्टी सुदृढ अभियान, १ सय १८ कमाण्डर खटाइयो

२०७९ फाल्गुन १९, शुक्रबार १४:४३ बजे

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाले २ महिने पार्टी सुदृढ अभियान सुरु गरेको छ । माओवादीले जुम्लामा जिल्ला स्तरीय बृहत् प्रशिक्षण कार्यक्रम गरेर अभियान सुरु गरेको हो।

नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज कालीबहादुर मल्ल, प्रदेश पार्टी अध्यक्ष विमला केसी, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारी सहित केन्द्रीय सदस्य ,प्रदेश सदस्य, जिल्लाका नेताहरू तथा अगुवा कार्यकर्ता सहिद परिवारको उपस्थितिमा अभियानको सुरुवात गरिएको थियो।

अभियानमा स्थानीय तह र वडा तह सम्मका कमाण्डहरु तोकेको छ । यसैगरी वडागत रुपमा समेत कमाण्डर तोकेको छ । ८ वटा स्थानीय तह र ६० वटा वडामा १ सय १८ जना पार्टीका अगुवा नेताहरूलाई खटाएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ । भेलामा माओवादीले २ महिने पार्टी सुदृढ अभियान सुरु गरेको हो । अभियानको कार्ययोजना समेत प्रस्तुत गरिएको छ । पार्टी अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गरेको कार्ययोजना अनुसार पार्टी सुदृढीकरण अभियानका नेतृत्वहरूलाई टिका लगाएर पठाइएको छ ।

पार्टी सुदृढीकरण अभियानको अवसरमा जनयुद्धको क्रममा ज्यान गुमाएका सहिद परिवार तथा घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई अभिनन्दन गरिएको छ । सहिद परिवारलाई प्रमाणपत्रले अभिनन्दन गरिएको हो। अभियानको क्रममा गरिएको बृहत् प्रशिक्षणमा प्रदेश इन्चार्ज कालीबहादुर मल्लले वर्तमान राष्ट्रिय राजनीति र सत्ता समीकरणको विषयमा जानकारी गर्नु भएको थियो ।

उनका अनुसार एमालेले एकलौटी सत्ता कब्जा गर्ने उद्देश्य गरेकाले सत्ता समीकरण भएको बताए। प्रदेश अध्यक्ष विमला केसीले नेकपा माओवादी पार्टी रूपान्तरण हुने नयाँ अभियान भएकाले पार्टी भित्र गुटउपगुट सञ्चालन नगर्न निर्देशन गर्दै चाडै जुम्लाले नयाँ संयोजक पाउनेमा जोड दिइन्।जिल्ला इन्चार्ज नरेश भण्डारीले नेकपा माओवादी पार्टी जिल्लामा एक नम्बर नै गर्नका लागि कार्ययोजना तयार भएको दाबी गरे।उनका अनुसार स्थानीय तह र वडागत पार्टीगत सुदृढ अभियानका लागि अगुवा नेताहरू खटाइएको बताए। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको वेबसाइट पनि सुचारु गरेको छ। प्रदेश इन्चार्ज कालीबहादुर मल्लले उद्घाटन गरेका हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार