सोनिया गान्धी अस्पताल भर्ना

२०७९ फाल्गुन १९, शुक्रबार १५:३४ बजे

नयाँ दिल्ली : भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।

डाक्टरहरूका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालले जारी गरेको रिपोर्टमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ताका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो । अस्पतालका अध्यक्ष डीएम राणाले उनी डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार