विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्छ : विश्वप्रकाश शर्मा

२०७९ फाल्गुन १९, शुक्रबार १६:२६ बजे

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएका महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएको कमिकमजोरीको समीक्षा गरेर यसपटक आफूहरु सेरेमोनियल राष्ट्रपति निर्वाचनमा धेरै सक्रियता देखाउनुपरेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार