
काठमाडौँ : आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो विकेट गुमाएपछि दबाबमा आएको छ।
पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल ओभरको पहिलो बलमा नै सेमो कामियाको बलमा डक आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ६ रनमा क्याच आउट भए।
भीम सार्की ९ रनमा क्याच आउट भए। अहिले क्रिजमा आशिफ शेख २२ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्। पीएनजीका सेमोले २ विकेट लिए।
त्यसअघि दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।