
काठमाडौं : नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनमत पार्टीसँग राष्ट्रपतिमा आफूहरुले मत मागेको बताएका छन्।
जनमत पार्टी कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई भोट मागेपछि उनले भने, ‘हामीले हाम्रो पार्टीको उम्मेदवारलाई भोट मागेका छौं। उहाँले आफ्नो पार्टीबाट अहिले नै निर्णय नभइसकेको तर, उहाँप्रति हाम्रो सद्भाव छ भन्नुभएको छ।’
भेटपछि अध्यक्ष राउतले एमाले नेताहरुले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको बताए। उनले भने, ‘उहाँहरुले मत मागेपछि हामीहरुले पार्टी आवश्यक छलफल गर्छौं भनेका छौं।’
उनले मन्त्रिपरिषद्मा भागबण्डा हुँदा कति मन्त्रालय पाउनेबारे अहिलेसम्म औपचारिक छलफल नभएको समेत बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।