
काठमाडौं : लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। करिव ५ वर्ष अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो।
राहुल प्रधानले संगीत संयोजन गरेको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। भैतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।
चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।