होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

२०७९ फाल्गुन १९, शुक्रबार १७:३९ बजे

काठमाडौं : आइएमई पे ले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदायकको रुपमा रहने भएको छ ।
ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पे ले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो । 

आइएमई पेमा  ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् । कलरेल्ला अन्नपूर्ण होटल, कलर स्प्ल्यास द मल्ल होटल र होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटलमा इभेन्टहरु हुनेछन् ।

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मूल्यमा पाउन सक्नेछन् । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।
 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार