राष्ट्रपति निर्वाचन : मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने

२०७९ फाल्गुन १९, शुक्रबार २०:०७ बजे

काठमाडौँ : निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । 

दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद् सचिवालयबाट जारी परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार