
काठमाडौँ ; राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले सो आग्रह गरेका हुन् ।
थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाडौँको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’
मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाडौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् । सो कार्यक्रमको थापाले खुलेर समर्थन गरेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।