
काठमाडौं : आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका कृष्णबहादुर गुरूङ पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।
गोरखा आरुघाट गाउँपालिका-५ घर भईं काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय गुरूङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएका थिए । उच्च अदालत, पाटनको २४ माघ २०७९ माघमा बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसल सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएका उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु पठाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।