केपी ओलीले हामीसँग मिल्न होइन निल्न खोजे : उपाध्यक्ष पाण्डे

२०७९ फाल्गुन १९, शुक्रबार २१:०१ बजे

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष ओलीले आफूहरूसँग मिल्न नभएर निल्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने बहानामा आफ्नो पार्टीलाई एमालेमा विलय गराउन खोजको बताए ।

उनले भने– ‘ओलीले जे पनि गर्न सक्छन् अस्ति हाम्रो अध्यक्षसँग ४ घण्टा एक्लै वार्ता गरे, त्यो भेटमा हाम्रो पार्टीलाई एमालेमा विलय गराउन खोजे ।’ यस्तै उनले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति उम्मेदवार भनेर प्रचार गरिएको टिप्पणी पनि गरे ।

‘एमालेका उम्मेदवार जनतातीको उम्मेदवार, त्यसो हुनाले जनजातिहरूले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको भ्रम सिर्जना गर्ने कुरा आएका छन्’ उनले भने, ‘भुलवश कुनै पनि साथीले यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिन हुँदैन ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार