तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

२०७९ फाल्गुन २०, शनिबार ०८:०७ बजे

काठमाडौं  : बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए। 

ग्रिनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्ने गरेको अध्यक्ष टन्डनले बताए। शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताए। रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार