
काठमाडौँ : दुर्गा प्रसाईंको समूहले आज काठमाडौँमा प्रदशर्न गर्दैछ ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानको नाममा प्रसाईँले शनिबार काठमाडौँको बानेश्वरमा प्रदर्शन गर्ने भएको हो । आर्थिक अन्याय र बेथितिविरुद्ध प्रदर्शन गर्न लागिएको प्रसाईँको भनाइ छ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।
नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपिल सो अभियानको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।