युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

२०७९ फाल्गुन २०, शनिबार १३:११ बजे

काठमाडौँ : युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् । मोर्चाले नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिएका छन् । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाई समेत मोर्चामा समावेश गरिने उनको भनाई छ । ‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’–मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार