एमाले बिरूद्ध प्रहार भइरहेको छ, भ्रम चिर्न लाग्नुहोस् : ओली

२०७९ फाल्गुन २०, शनिबार १३:४२ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेको उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेको उनको भनाइ छ। ‘‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्।उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए। ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह गरे। उनले थोरै भए पनि सकारात्मक कमेन्ट आए भने पनि ठिक हुने भन्दै एमालेनिकट बुद्धिजिवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण संजाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार