विराटनगरमा पूर्व डीआइजी भक्ति माझीको कार दुर्घटना

२०७९ फाल्गुन २०, शनिबार १९:०३ बजे

विराटनगर : नेपाल प्रहरीका पूर्व डीआइजी भक्ति माझीको सवारी साधान दुर्घटनामा परेको छ । नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् ।

पूर्वबाट पश्चिम पुष्पलाल चोकतिर आउने क्रममा कारको टायर पम्चर हुँदा अन्यन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । माझीले चलाएको कारमा भिम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार