अग्रता जोगाउन नसक्दा मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

२०७९ फाल्गुन २०, शनिबार २०:०३ बजे

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ ।

दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता लिएको थियो । तर अन्तिम पाँच मिनेट मनाङले अग्रता जोगाउन सकेन । हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २-० ले तथा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको छ ।

आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार