
काठमाडौं : थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो ।
अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।
कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए ।
कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।
उनी धनगढी उपमहानगरपालिका-१ शिवनगरका बासिन्दा हुन् । सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीकी आमा, पत्नी र तीन छोरी छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।