निर्धन उत्थान लघुवितमा सबैभन्दा बढी कुन संस्था र शेयरधनीको लगानी ?

२०७९ फाल्गुन २०, शनिबार २१:३९ बजे

काठमाडौं : निर्धन उत्थान लघुवित्तको सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहितको लगानी रहेको छ,। कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२।९७ प्रतिशत रहेको छ ।

नेपाल बैंकको २० करोड ६१ लाख ८४ हजार ३८६ रुपैयाँको २० लाख ६१ हजार ८४३ कित्ता अर्थात ९।३९ प्रतिशत रहेको छ ।
यस्तै एभरेष्ट बैंकको १६ करोड ७१ लाख ४० हजार ३२ रुपैयाँको १६ लाख ७१ हजार ४०० रुपैयाँ अर्थात ७।६१ प्रतिशत रहेको छ । हिमालयन बैंकको १६ करोड ७१ लाख ३९ हजार ९८८ रुपैयाँको १६ लाख ७१ हजार ३९९ कित्ता अर्थात ७।६१ प्रतिशत रहेको छ ।

कम्पनीमा निर्धन संस्थाको ७।४४ प्रतिशत अर्थात १६ लाख ३२ हजार २६६ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ प्रतिशत अर्थात ४ लाख ३९ हजार ५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीमा मिना पन्तको ५।३६ प्रतिशत अर्थात ११ लाख ७५ हजार ७५२ कित्ता, जनार्दन देव पन्तको ०।६४ प्रतिशत अर्थात १ लाख ३९ हजार ५७४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै इन्द्र केसीको ०।६३ प्रतिशत अर्थात १ लाख ३८ हजार ९३५ कित्ता, टोप बहादुर रायमाझीको ०।७३ प्रतिशत अर्थात ५ लाख ५४ हजार १२७ कित्ता, इन्टरनेशनल फाइनान्स कर्पोरेशन ७।५४ प्रतिशत अर्थात १६ लाख ५५ हजार ८३९ कित्ता, ग्रामिण ट्रस्टको १।५६ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार