इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा

२०८० जेष्ठ २२, सोमबार

सान सिरो : एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोविचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । योसँगै ४१ वर्षीय खेलाडीको उत्कृष्ट फुटबल करियरमा पूर्णविराम लागेको छ ।

‘म फुटबललाई अलबिदा भन्दै छु तर तपाईंहरुलाई होइन,’ आइतबार सिजनको अन्तिम खेलपछि स्वीडिस खेलाडीले सान सिरोमा समर्थकहरूलाई भने । इब्राहिमोविचले यसअघि नै क्लब छाड्ने घोषणा गरिसकेका थिए ।

आफ्ना करियरमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानमा रहँदा उनले ५११ गोल गर्नुका साथै लिग उपाधिहरू जितेका थिए । उनी सन् २०२० मा पुनः मिलानसँग आबद्ध भएका थिए । गत सिजन उनले पुनः टोलीलाई लिग उपाधि दिलाएका थिए ।

आफ्नो करियरमा इब्राहिमोविचले ३४ वटा उपाधि जितेका छन्  जसमा १४ लिग उपाधि छन् । उनी बालोन डि’ओरका लागि ११ पटक मनोनीत भएका थिए । उनले जित्न नसकेको उपाधि भनेको च्याम्पियन्स लिग मात्र हो । सन् २०१७ मा उनले युनाइटेडसँग युरोपा लिगको उपाधि पनि जितेका थिए । उता स्वीडेनका लागि उनले १२२ खेलमा ६२ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार