सार्कको नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ

२०७९ फाल्गुन २१, आईतवार ०७:३७ बजे

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलाम सरवार नियुक्त हुने भएका छन् ।

श्रीलङ्काली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् । रोलक्रम अनुसार अफगानिस्तानबाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबान सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बङ्गलादेशले सो अवसर पाएको हो ।

सार्क राष्ट्रको हैसियतमा सबै विदेश मन्त्रालयलाई कूटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो  । सार्क विदेश मन्त्रीहरूको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि विदेशी मन्त्र स्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बङ्गलादेशी कूटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो ।  

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार