मुनालशिशिर निर्देशित ‘भिझाएरआँशु’मा सुधिर र उषा (भिडियो)

२०७९ फाल्गुन २१, आईतवार १०:५० बजे

काठमाडौं : लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा  शब्द अमेरिकामा बसोबास गर्दै आएका  गीतकार कुमार सिवाकोटीको रहेको छ। यो  गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ।  सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल सम्म  लोक, आधुनिक , सेण्टिमेण्टल गरेर १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। अमेरिकामा विभिन्न व्यवसाय गर्दै आइरहेका सिवाकोटी नेपाली भाषा, साहित्य र संगीतलाई निकै माया गर्छन्।  गीतकार सिवाकोटीको शब्दमा रहेको ‘ जँहा भए पनि नेपाली बन्न पाइयोस’ बोलको गीत गायक सिडी विजय अधिकारीले सा रे ग म पा को मंचमा समेत प्रस्तुत गरेका थिए।  आगामी दिनमा प्रमोद खरेल , प्रविन बेडवाल, कर्मा ग्याल्चेन बम्जन लगायत थुप्रै चर्चित गायक गायिका आवाजमा गीतहरु सार्वजनिक गर्ने तयारी रहेको गीतकार सिवाकोटीले बताएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार