टाटा जेन्यूइन पार्ट्स र आयल मूल्यमा भारी छुट

२०७९ फाल्गुन २१, आईतवार १०:५९ बजे

काठमाडौँ : होलीको अवसरमा सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ । फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत  राजन बावु श्रेष्ठ ले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । 

सो अवसरमा श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको संचालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको भन्दै उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गरे । 

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५% देखि २२% सम्मको छुट दिइनेछ । यस्तै टाटा जेन्यूइन आयलमा २५% छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५०% छुट र निःशुल्क वासिङ्ग सुविधा र क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिका लागि पनि उहि छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशालि ३ जान ग्राहकहरुलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको कम्पनीको भनाइ छ । 

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा  फागुन १७ देखि २१ गते सम्म उक्त क्याम्प संचालनमा रहनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार