
काठमाडौं : बंगलादेशको चटगाउँमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दमकलले आगो नियन्त्रणमा लिएको छ । यद्यपि बेलुकासम्म राहत र उद्धार कार्य जारी रहेको थियो । आगो नियन्त्रणमा लिएको दमकलले राति ८ बजे जानकारी दिएको थियो ।
चटगाउँका वरिष्ठ सहायक आयुक्त मोहम्मद तोहिदुल इस्लामले बीबीसीलाई भने कि प्रशासनले एउटा कन्ट्रोल रुम स्थापना गरेको छ र मारिएका परिवारलाई जानकारी गराइएको छ। तोहिदुल इस्लामले बीबीसीलाई भने, “उद्धार कार्य जारी छ। मानिसहरूको उपचारको प्रयास भइरहेको छ। हालसम्म ५ जनाको शव फेला परेको छ भने २२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।”
त्यही क्रममा अस्पतालमा उपस्थित फोटो पत्रकार श्यामलाल नन्दी अस्पतालमा घाइते र मृत्यु हुनेको भीड रहेको बताउँछन् । जानकारी अनुसार अक्सिजन प्लान्टमा अपराह्न ४:३० बजे विष्फोट भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा अक्सिजन प्लान्टको भवन लगभग पूर्ण रुपमा ध्वस्त भएको छ । गत वर्ष यस अक्सिजन प्लान्ट नजिकैको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो । यो विस्फोट ४ जुन २०२२ मा भएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।