
काठमाडौँ : आठ दलीय गठबन्धनले संघ र प्रदेशसभा सांसदहरु संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ । सत्ता गठबन्धनले फागुन २४ गते अभिमुखीकरण दिन संघ र प्रदेशसभा सदस्यहरुको बेला बोलाएको थियो । तर, निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित गरिएको हो ।
संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन काठमाडौँमा बोलाइएको थियो । निर्वाचन आगोगका अनुसार आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुनेछ ।
पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।