
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिनुभएको छ । ओखलढुङ्गा जिल्लाको चिसङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।