
हेटौँडा : प्रहरी चौकी नजिकै सवारीले ठक्कर दिएर मृत्यु भएको २४ घण्टासम्म दोषीलाई पक्राउ गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
शनिवार काठमाण्डौँबाट हेटौँडा आउने क्रममा हेटौँडा–१ तिरतिरे धारा नजिक हेटौडा– ६ चौघडा पुतली बजारका अन्दाजी ५२ वर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन नसकेको पछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
यातायात कार्यालय एकान्त कुनामा कार्यरत उनी शनिवार हेटौँडामा रहेको घर आउने क्रममा प्रहरी चौकी नजिकै रहेको तिरतिरेधारा परिसरमा दुर्घटनाग्रस्त भेटिएका थिए ।
मोटरसाइकलमा सबार रहेका उनलाई स्थानीयले देखेपछि हेटौँडा अस्पताल ल्याएको तर अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।