मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री : महासचिव पोखरेल

२०७९ फाल्गुन २१, आईतवार १५:०३ बजे

काठमाडाैं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्। २४ औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताएका हुन्।

उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही बिचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गरे। चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सही बाटोमा हिडाउने सामथ्र्य प्रचण्डमा नरहेको उनको भनाइ छ।

प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसंग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका बिषयमा सहकार्य ताडेर हिँडेको बताए। देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुन समस्या देखिएको उनको भनाइ थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार