सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी

२०७९ फाल्गुन २१, आईतवार १५:४७ बजे

काठमाडौँ : भैरहवाका उद्योगी व्यवसायीहरुको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन्। नयाँ नेतृत्वको लागि शनिवार भएको मतदानको आइतबार विहान परिणाम सार्वजनिक भएको हो। कांग्रेस निकट श्रेष्ठ १ हजार १०७ मतका साथ विजयी भएका हुन्।

उनका प्रतिष्पर्धी विजय पाण्डेले ६८७ मत ल्याएको निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए। पाण्डे एमाले निकट हुन्। २ हजार १९३ जना मतदातामध्ये १ हजार ८२८ जनाले मतदान गरेका थिए। सचिव बाहेक अधिकांश पदमा श्रेष्ठ प्यानलका उम्मेदवार विजयी भएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु विजयी भएका छन्।

महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी निर्वाचित भए। सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी विजयी भए। वस्तुगत सदस्यमा प्रितम रौनियार, उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल निर्वाचित भएका छन्।

वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, दिनेशमान अमात्य, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी र विजय अधिकारी विजयी भए।

यसअघि कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सह कोषाध्यक्षमा संजयकुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार