चर्चित लोकगायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै….

२०७९ फाल्गुन २१, आईतवार १८:२५ बजे

काठमाडौँ : चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका हुन् ।

भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् ।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् । गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायत रुचाइएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार