
काठमाडौं : भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने चाहिं नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए ।
‘२० हजार लिटर क्षमताका चार वटा ट्यांकरमा ढुवानी गरेर ल्याइएको ट्यांकरमा मिसावट पुष्टि भएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘के मिसाइएको थियो भन्ने नखुलेका कारण थप परीक्षणका लागि भारत पठाउने तयारी गरिरहेका छौं ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।