
चितवन : काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ ।
उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो । उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।