कराँतेमा नेपाललाई दुई स्वर्ण

२०७९ फाल्गुन २१, आईतवार १९:२९ बजे

काठमाडौँ : नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका साथै नेपालले थप २ रजत पदक पनि जित्यो ।

श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । 

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराँते टोलीको नेतृत्व नेपाल कराँते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए भने टिम व्यवस्थापकमा जेनिश पन्थी थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार