
रुपन्देही : सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
बुटवलबाट गएको अख्तियारको टोलीले स्टिङ अपरेशनका क्रममा सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेपछि गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।
घुस मागिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा सेनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ। घुस रकमसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।