चालकको सडकमा ध्यान केन्द्रित नहुँदा १० महिने छोरीलाई छाडेर बितिन् तारा

२०७९ फाल्गुन २१, आईतवार २२:२४ बजे

इटहरी : इटहरीमा शुक्रबार दिउँसो १ः२० बजेतिर ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भयोे ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ६ स्थित मुख्य चौकमै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५५३ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को २१ प ५४७७ नम्बरको स्कुटरलाई ठ-क्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो । ट्रक चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार ट्रक चालकको सडकमा ध्यान केन्द्रित नभएकै कारण दु-र्घटना भएको खुलेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले भने, ‘हामीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेका छौँ ।’

दु-र्घटनामा टाउको र कम्मरमा ग-म्भीर चो-ट लागेपछि उपचारार्थ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनका अुनसार उपचारको क्रममा दिउँसो ४ बजेतिर ताराको मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक मोरङको उर्लाबरी नगरपालिका २ बस्ने ४२ वर्षीय सुमन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अुनसन्धान सुरु गरेको छ ।

मृ-तक निरौला इटहरीस्थित उद्गम साकोस् सहकारीकी व्यवस्थापक हुन् । उनी कार्यालयबाट आफन्तको बिहेमा जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नवीन गौतम र ताराबीच २०७२ फागुन ४ गते विवाह भएको थियो । उनीहरूकी १० महिने एक छोरी रहेकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार