लमजुङ कारागारबाट दुई कैदी फरार

२०८० जेष्ठ १८, बिहीबार

लमजुङ : लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन् । बेसीशहर नगरपालिका–८ शेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गए राति साढे १ बजेतिर दुई कैदी फरार भएका हुन् ।

फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका–३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरी स्रोतले जनाएको छ । विक २०७९ साउन २४ गते जबरजस्ती करणी र डाँका चोरी मुद्दामा र गुरुङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा कारागार चलान भएका थिए ।

कैदी फरार भए लगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार