लोक गायक रमेश बिजीले विवाह गरे

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौँ : लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । दुवैले प्रेम विवाह गरेको बताइन्छ ।

बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो । तर आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन् । अहिले भने गायक बिजी आफैले सार्वजनिक गरेका हुन् ।

विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् । दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार