प्रधानमन्त्री दाहालद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौं : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमणकाे दाेस्राे दिन आज महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्।

बिहीबार बिहान दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्। सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए। प्रधानमन्त्री दाहालसँग भ्रमण टोलीमा सहभागी मन्त्रीहरु पनि साथ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार