चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौँ : कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि जानुभएको थियो ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा जानुभएको थियो । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार