भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौं : भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन ।

किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ ।

भारतीय वायुसेनाले यो घटनाको कारण बारे पत्ता लगाउनका लागि अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार