ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

२०८० जेष्ठ २३, मंगलवार

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार दुई वटा खेल रङ्गशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्री–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

रङ्गशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार