किसमिस खानुका यस्ता छन् अपत्यारिला फाइदा

२०८० जेष्ठ २३, मंगलवार

किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । खानाको स्वाद बढाउन यिनीहरूको प्रयोग हुन्छ । खीर, हलुवा जस्ता कुरा बनाउँदा माथिबाट किसमिस हालिन्छ । किसमिस खानुका अरु यस्ता छन् फाइदा,

हाड बलियो बनाउन : हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ । घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाको ध्यान : आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ ।

उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।यसका अलावा किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ।

किसमिस खाने सही तरिका : हुन त किसमिस सुक्खै खाएको पनि ठीकै हो तर उसको गुणको बढी फाइदा उठाउन चाहनुहुन्छ भने यसलाई रातभरि भिजाउनुस् र बिहानीपख खानुस् ।

यसो गर्दा तपाईं पाचनसम्बन्धी समस्याबाट मुक्त हुनुहुन्छ र शरीरमा रगतको कमी हुन पाउँदैन ।त्यसबाहेक किसमिसलाई पानीमा हालेर २० मिनेटसम्म उमाल्ने अनि त्यो उम्लिएको पानीलाई रातभरि राखेर बिहानीपख पिउने हो भने त्यसबाट धेरै फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार