
पोखरा : जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना भएको छ । सिरुबारीबाट फर्कँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी ३ सहरे नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको छ । जिल्ला समन्वय अधिकारी भने राजेन्द्र प्रसाद पौडेलको बिभिन्न भागमा चोट लागेको छ ।
दुर्घटनामा अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएका प्रहरीले जनएको छ ।